दाङको गढवा गाउँपालिका–१, जुरौनीस्थित पूर्व–पश्चिम राजमार्गबाट ३५ केजी लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्बरको हाइस चेकजाँच गर्ने क्रममा उक्त चरेस बरामद गरेको हो। हाइसको पछाडिको सिटमा रहेका दुईवटा कालो झोला र एउटा निलो रङको सुटकेस जाँच गर्ने क्रममा ३५ केजी चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा सोही सिटमा रहेका नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय युवक फरार भएका थिए। त्यसपछि उक्त झोला र सुटकेस आफ्नो भएको भन्दै भाडा तिरेर यात्रा गरिरहेका रुकुम पूर्वको भूमे गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षीय हिक्मत पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।