आइसिसी विश्वकप लिग– २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेको छ। उट्रेचट मैदानमा नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।
सिरिजमा नेपाल यसअघि लगातार तीनवटा खेलमा पराजित भइसकेकाे छ। पहिलो खेलमा नामिबियासँग आठ विकेट, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट र तेस्रो खेलमा नामिबियासँग तीन विकेटको हार व्यहोरेको थियो।