सिंहदरबारमा सर्वदलीय बैठक

सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ अनुपस्थित

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । रास्वपाका सभापति रवि लामिछानेले सुनसरीको कप्तानगन्ज घटनाका विषयमा छलफल गर्न बुधबार बिहान सर्वदलीय बैठक बोलाएका हुन् । 

सामाजिक सदभाव, शान्ति–सुरक्षा र द्वेष न्यूनीकरणका लागि प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल गर्न सर्वदलीय छलफल बोलाइएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बताए । 

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । छलफलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । 

बैठकमा रास्वपा सभापति लामिछाने, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओली, श्रम संस्कृति पार्टीका आरेन राई, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेताहरू सिंहदरबार पुगेका छन् । 

यद्यपि, रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन् ।

सुझावित समाचार