कञ्चनपुरमा नदी, खोलानाला अवैध उत्खनन

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

गत १ असारदेखि कञ्चनपुरमा नदी, खोलानाला बन्द भए पनि नदीजन्य पदार्थको चोरी तस्करी भइरहेको छ। जिल्लाका विभिन्न खोलानालाहरूबाट गैरकानुनी रूपमा नदीजन्य पदार्थको उत्खनन, चोरी तस्करी भइरहेको हो। 

सोमबार मात्रै प्रहरीले चुरे क्षेत्र ओदाला खोलाबाट ढुंगा चोरीको आरोपमा दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेकबहादुर रावतले कृष्णपुर नगरपालिका– १, ओदालाखोलाबाट अवैध रूपमा ढु‌ंगा निकालेर ओसार्न लागेको अवस्थामा ढुंगा, ट्र्याक्टरसहित मानिस नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार पुष्कर चौधरीले चलाएको से.१त८७०१ र प्रकाश चौधरीले चलाएको सुपप्र ०१००२त४६३८नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको छ । आउँसो भदौ मसान्तसम्म खोलानाला बन्द हुने भए पनि यही मौकामा चोरी तस्करी बढेपछि नागरिक स्तरबाट चिन्ता व्यक्त गरिएको छ। यसैबिच प्रहरीले गैरकानुनी रुपमा भारतबाट भन्सार चोरी छली गरेर ल्याएका अवैध समान पनि बरामद गरेर भन्सार बुझाएको छ। झन्डै दुई लाख ७० हजार ६३० रुपैयाँबराबरको युरिया मलदेखिका औषधि, चिनीसम्मका सामान बरामद गरेर भन्सार बुझाएको हो । साथै प्रहरीले मानिससहित अवैध काठसमेत बरामद गरेको छ ।

दोधारा–चाँदनी नगरपालिका– ७, टाउकेटोल क्षेत्रबाट सुगनका पाँच गोलियासहित १८.५ क्युफिट काठ बरामद गरिएको छ । पुनर्वास (धनसि‌ंगा) बस्ने ३९ वर्षीय ऐनबहादुर शाहीलाई पक्राउ गरिएको बताए । प्रवक्ता रावतका अनुसार शाहीले घरमा सिसम जातको चार थान गोलिया १७.५५ क्युफिट काठ लुकाएर राखेकाले काठ बरामदसहित मानिसलाई पक्राउ गरिएको बताए। 

सुझावित समाचार