काठमाडौंको चन्द्रागिरि नगरपालिका– २, नागढुंगास्थित चेक प्वाइन्टमा प्रहरीले पाँच टन अवैध काठको कोइलासहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
पाल्पाको रम्भा गाउँपालिका– १ बस्ने वर्ष ६३ वर्षीय कृष्णप्रसाद पाठक र दोलखाको जिरी नगरपालिका– ३ बस्ने महेश नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
आइतबार स्याङ्जाबाट काठमाडौं आउँदै गरेको लु.१.ख ८५३४ नम्बरको ट्रकलाई नागढुंगाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। उक्त काठको कोइलाको बजार मूल्य अन्दाजी दुई लाख ५६ हजार रहेको बताइएको छ।