सुनसरीको देवानगन्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सदभाव कायम राख्न सबैमा आग्रह गरेकी छिन् ।
मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको उनको सचिवालयले जनाएको छ ।
संवेदनशील अवस्थामा कुनै पनि अपुष्ट सूचना तथा अफवाहमा विश्वास नगर्न आग्रह गर्दै मन्त्री मेहताले सामाजिक सदभाव र आपसी भाइचारामा असर पर्ने गतिविधिबाट टाढा रहन नागरिकलाई अनुरोध गरेकी छिन् ।
उनले सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन हुने र यथाशीघ्र सत्यतथ्य सार्वजनिक हुने विश्वाससमेत व्यक्त गरेकी छिन् ।