गृहमन्त्री सुधन गुरुङले आठ वर्षदेखि निर्माणाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालय भवनको निर्माण कार्य तत्काल तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन् ।
भन्सार कार्यालयको निरीक्षणका क्रममा पुगेका गृहमन्त्री गुरुङले निर्माणस्थलको अवस्था अवलोकन गर्दै कामदारको संख्या बढाएर तोकिएको समयभित्र काम सम्पन्न गर्न आग्रह गरे ।
उनले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनी तथा जिम्मेवारी पूरा नगर्ने प्राविधिक र अनुगमनकर्तामाथि कारबाही गरिने चेतावनी दिए । लामो समयदेखि निर्माण अलपत्र परेको भन्दै उनले राज्यको महत्वपूर्ण संरचना निर्माणमा कुनै पनि बहाना स्वीकार्य नहुने बताए ।
रसुवागढी क्षेत्रको निरीक्षणपछि गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सेवा प्रवाहलाई प्रभावकारी र छिटोछरितो बनाउन निर्देशन दिए ।
यसैबिच, शनिबार साँझदेखि भोटेकोशीमा बेपत्ता भएको विद्युतीय इभी भ्यानका चालकको खोजीकार्य तीव्र पारिएको छ । घटनास्थलमा राजधानीबाट गोताखोरको टोली पुगेको छ।