नेपाल काभा भलिबल च्याम्पियनसिपको लगातार चौथो खेलमा पराजित भएको छ। आइतबार पाकिस्तानको इस्लामाबादमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको हो। नेपालले दुई सेटको अग्रता जोगाउन नसक्दा पराजित भयो।
नेपालले पहिलो सेट २५–१८ ले जित्दा दोस्रो सेट १९–२५ ले गुमायो। तेस्रो सेट पुनः २५–२१ ले जित्दै २–१ को अग्रता बनाउन सफल भएको नेपाल चौथो सेटमा २३–२५ र निर्णायक सेटमा ११–१५ ले पराजित हुन पुग्यो।
यसअघि नेपालले कजाखस्तान र श्रीलंकासँग पनि ३–२ कै सेटमा पराजित हुनुपरेको थियो। यस्तै, घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो।
लगातार चार खेलमा पराजित हुँदै मात्र तीन अंक जोडेको नेपालको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ। अब नेपालले अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्नेछ।