अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षासचिव धनगढी पुगे

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

अनशनरत डा. गोविन्द केसीसँग वार्ता गरी समाधान खोज्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल डा. केसीसँग संवाद गर्न धनगढी पुगेका हुन् । मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमार्फत कुराकानी गरेपछि वार्ताबाट अनशन अन्त्य गर्ने पहल अघि बढाइएको हो ।

यसैक्रममा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग छलफल गर्ने तयारीमा छन् ।

सरकारले डा. केसीले उठाएका मागबारे वार्तामार्फत सहमति जुटाउँदै अनशनको समाधान खोज्ने प्रयासलाई तीव्र बनाएको जनाएको छ । डा. केसी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै धनगढीमा अनशनरत छन् ।

सुझावित समाचार