राष्ट्रिय जेन-जी नागरिक अभियानकाे प्रदर्शन (तस्बिरहरू)

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय जेन-जी नागरिक अभियानले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड समाएर सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । जेन्जि आन्दोलनको मर्म र भावनाविपरीत वर्तमान सरकारले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णयको विरुद्धमा उनीहरुले मण्डलामा प्रदर्शन गरे। उनीहरुले पहिले अपराध, अहिले कसरी गंगाजल भयो स्वकीय सचिव ?, बालेन तिमी देश सुधार्न आएका हौ कि आफू सुध्रिन ?, स्वकिय सचिव चाँहिदैन, जनताको धुकुटी लुट्न पाइँदैन लगाएतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन् । 

सुझावित समाचार