स्थायी लेखा नम्बर (प्यान) बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसका लागि घुस माग्ने लेखा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगको टोलीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका– ३० का लेखा अधिकृत (छैटाैँ) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा शुक्रबार वडा कार्यालयबाटै पक्राउ परेका हुन्।
भट्टराईले प्यान नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसका लागि दुःख हैरानी दिई घुस मागेको भन्ने उजुरीपछि अख्तियारको टोलीले स्टिङ अपरेसन गरेको हो।