लागुऔषध हिरोइनसहित एक पक्राउ

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

सल्यान प्रहरीले लागुऔषध हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। शारदा नगरपालिका– १, श्रीनगर निवासी २३ वर्षीय सन्तोष बस्नेतलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घरमा लागुऔषध सेवन तथा कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा सुत्ने कोठाको डसनामुनि रहेको खुकुरी चुरोटको बट्टाभित्र कालो र हरियो प्लास्टिकमा छुट्टाछुट्टै तीनवटा पुडियामा लुकाइछिपाई राखिएको हिरोइनजस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। 

बरामद गरिएको पदार्थको प्लास्टिकसहितको तौल ३९० मिलिग्राम तथा शुद्ध तौल २३० मिलिग्राम रहेको उनकाे भनाइ छ । 
लागुऔषधसहित पक्राउ परेका बस्नेतलाई सल्यान जिल्ला अदालतबाट म्याद थप अनुमति लिई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सुझावित समाचार