कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालत प्रवेश गरेको छ। पुनरवलोकनको रोहमा संस्थापन इतरपक्षहरूले निवेदन दर्ता गराएसँगै यो विवादमा एकपटक फेरि सर्वोच्चले फैसला दिनुपर्ने भएको छ। 

यसअघि सर्वाेच्चले गरेको फैसला चित्त नबुझी देउवा पक्षले पुनरवलोकनको निवेदन दिएको हो। 

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले भने, ‘दर्ता भएको छ, तर पेसी तोकिएको छैन। यस्ता निवेदनमा तीनजना न्यायाधीशले पुनः सुनुवाइ गर्ने वा नगर्ने चेम्बरमै बसेर निर्णय दिनुहुन्छ।’ यसरी तीन न्यायाधीशले पुनः सुनुवाइ गर्ने निस्सा दिए भने मात्र सुनुवाइ हुन्छ। निस्सा नदिएमा सुनुवाइ नहुने कानुनी व्यवस्था छ। 

सर्वोच्च अदालतले पूर्णबहादुर खड्कासमेत निवेदक रहेको रिटलाई गत ४ वैशाखमा खारेजीको निर्णय गरेको थियो। न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गगन थापा नेतृत्वको कांग्रेसलाई वैधता दिने निर्वाचन आयोगको निर्णय सदर गर्दै सोही कार्यसमितिलाई मान्यता दिएको थियो। तर, पुनः निवेदन दर्ता भएसँगै कांग्रेसको विवादमा फेरि अदालतमा लडाइँ हुने भएको छ। 
 
 

सुझावित समाचार