मधेश प्रदेशका पूर्वअर्थमन्त्री र सचिवसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रकुमार साहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सर्लाहीको बागमती फनपार्क एन्ड रिसोर्ट निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन मन्त्री साहसहित तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, उपसचिव उद्धवराज न्यौपाने तथा बिकोई–धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेलविरुद्ध मुद्दा दायर भएको हो।
विश्वकप लिग २ मा नेपालको अर्को खराब ब्याटिङ
आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले अर्को खराब नतिजा निकालेको छ। बिहीबार घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध हार बेहोरोको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४।४ ओभरमा अलआउट हुँदा १५७ भएको थियो । १५८ रनको लक्ष्य पाएको डच टोलीले ४४।१ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।
व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन आदेश
उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा पक्राउ परेका व्यवसायी शंकर अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा गत महिना मुद्दा दायर भएकोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले बुधबार प्रहरीले पक्राउ गरेको थियो।
सिराहामा गोली चल्यो, ६ जना लागुऔषध कारोबारी पक्राउ
सिराहाको लहान नगरपालिका– ३, अस्पताल चोकनजिकै प्रहरीले लागुऔषध कारोबारी पक्राउ गर्न गोली चलाएको छ।
लागुऔषध नियन्त्रण ब्युरो कार्यालय गोलबजारसहितको टोलीले बिहीबार अपराह्न गोली चलाएर ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार ब्युरोको टोलीले अपरेसन गरेको जानकारी दिए।
ब्युरो टोलीले गोली चलाएर पाँच भारतीय र एक नेपालीसहित ६ जनालाई नियन्त्रणमा लिएको जानकारी पाएको प्रनाउ पालले बताए। त्यसमध्ये एक भारतीयसहित दुईजना घाइते भएका छन्।
लहानबाट पाँच लाख घुससहित राजस्वका कर अधिकृत पक्राउ
सिराहाको लहान नगरपालिका– ६ स्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सेवाग्राहीसँग लिएको पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
महोत्तरीको बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार दिउँसो कर अधिकृत युवराज एमएस पाललाई सेवाग्राहीबाट घुसबापत लिएको पाँच लाख रुपैयाँसहित पक्राउ गरेको हो।
प्रधानमन्त्रीलाई गगनको चेतावनी– कालो कर्तुत गरे कांग्रेसले छाड्दैन
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई कालो कर्तुत नगर्न सचेत गराएका छन्।
कालो वस्त्र व्यक्तिको निजी छनोटको विषय रहेको बताउँदै थापाले कालो कर्तुत भने नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिए। बिपी कोइरालाको ४४औँ स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।
साउन पहिलो सातासम्म देशभर ८० प्रतिशत धान रोपाइँ
साउन पहिलो सातासम्म देशभर करिब ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार ७ साउनसम्म १३ लाख ७३ हजार ८६२ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये १० लाख ९० हजार ३३६ हेक्टर अर्थात् ७९।३६ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको हो।
भन्सार घोषणाविना ५ हजार डलरसम्म ल्याउन पाइने
नेपाल राष्ट्र बैंकले नेपाली तथा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्ने जनाएको छ। यसभन्दा बढी रकम ल्याउँदा भने अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले स्पष्ट गरेको छ।
राष्ट्र बैंकका अनुसार पाँच हजार अमेरिकी डलरबराबरको भारतीय रुपैयाँ पनि भन्सार घोषणाविना ल्याउन सकिनेछ।
प्रधानन्यायाधीश डा. शर्मा भारत प्रस्थान
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली भारत प्रस्थान गरेको छ। भारतका प्रधानन्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा टोली एअर इन्डियाको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गरेको हो।
भ्रमण दलमा प्रधानन्यायाधीश शर्माकी श्रीमती उमा शर्मा र सर्वोच्च अदालतका सहरजिस्ट्रार अमित उप्रेतीसमेत सहभागी छन्।
बागमतीमा तीन विनाविभागीयमन्त्रीले पाए जिम्मेवारी
बागमती प्रदेश सरकारमा रहेका तीनजना विनाविभागीयमन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन्। एमाले सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रिक्त रहेका मन्त्रालयमा नयाँ जिम्मेवारी तोकेका हुन्।
मुख्यमन्त्री बानियाँले कांग्रेसका विनाविभागीयमन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन्। मुख्यमन्त्रीले कार्यविभाजनसहितको सिफारिस प्रदेश प्रमुखसमक्ष पठाएका छन्।