राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्।

बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन्। अर्थमन्त्री डा. वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका थिए।

सो अवसरमा विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको सांगठनिक संरचना, कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए।

सुझावित समाचार