भूमि समस्या समाधान समितिका अनुसार हालसम्म मुलुकभर तीन लाख भूमिहीन सुकुमवासी रहेको पाइएको छ । जसमध्ये भूमिहीन दलित मात्रै एक लाख आठ हजार घरपरिवार छन् । भूमिहीन सुकुमवासी भने ८५ हजार घरपरिवार रहेका छन् । बाँकी एक लाख सात हजार घरपरिवारमध्ये अन्य समुदायका भूमिहीनहरू छन् ।
तर, सरकारले हालसम्म बर्दियाका २९ भूमिहीन परिवारलाई मात्रै धनीपुर्जा दिन सकेको छ । त्यसबाहेक झापामा २९ र चितवनको इच्छाकामना गाउँपालिका ३८ घरपरिवारलाई अबको केही दिनभित्रै धनीपुर्जा वितरण हुने समाधान समितिका अध्यक्ष बास्तोलाले बताए ।
‘मुलुकरभर झन्डै तीन लाखको हाराहारीमा भूमिहीन सुकुमवासी रहेको हाम्रो आँकडा छ । त्यसमध्ये २९ घर परिवारले धनीपुर्जा पाए । झापामा २९ र चितवनको इच्छाकामना गाउँपालिका ३८ घरपरिवारलाई अबको केही दिनभित्रै धनीपुर्जा वितरण हुँदै छ । काम क्रमशः अघि बढ्दै छ,’ उनले भने ।