संखुवासभामा खोलाले बगाएर १२ वर्षीया बालिकाको मृत्यु

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्थित सभाखोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। मंगलबार दिउँसो २ः५० बजेतिर सभापोखरी–६ स्थित खोलामा नुहाउने क्रममा सभापोखरी–३ का तुलबहादुर लिम्बूकी १२ वर्षीया छोरी जानकीलाई बेपत्ता बनाएको थियो।

स्थानीय र प्रहरी टोलीको खोज तलासपछि मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए। पाँचखपन नगरपालिका–१ स्थित निर्माणाधीन दिब्यश्वरी हाइड्रोपावरको ड्याममा अडकिएको अवस्थामा शव फेला परेको हो।

सभाखोलामा जानकी र उनका साथी १० वर्षीय रेसु लिम्बू नुहाउन गएका थिए। जानकीलाई खोलाले बगाएपछि रेसुले खबर गरेकी थिइन्। शवको पोस्टमार्टम र कानुनी प्रक्रिया पूरा गर्न जिल्ला अस्पताल खाँदबारी ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

सुझावित समाचार