बर्दियामा पछिल्लो तीन वर्षमा करिब ३६ हजारजनाले नागरिकता बनाएका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियाबाट तीन वर्षमा ३५ हजार ८८७ जनाले नागरिकता बनाएका हुन्।
गत आर्थिक वर्ष ०८२/८३ मा मात्र १२ हजार ३१२ जनाले नागरिकता बनाएका छन्। जसमध्ये ६ हजार दुई पुरुष ६ हजार ३१० जना महिला रहेका छन्। नागरिकता लिनेमध्ये ११ हजार ८४४ जनाले वंशज, ३०१ जनाले अंगीकृत, १५८ जनाले वैवाहिक अंगीकृत र ९ जनाले गैरआवासीय नागरिकता लिएका बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले जानकारी दिए।
त्यसैगरी, आर्थिक वर्ष ०८१/८२ मा ११ हजार ३५१ जनाले नागरिकता बनाएका छन्। तीमध्ये पाँच हजार ५४५ पुरुष र पाँच हजार ८०६ जना महिला छन्। नागरिकता लिनेमध्ये ११ हजार २५२ जनाले वंशजको आधारमा र ९९ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्।
आर्थिक वर्ष ०८०/८१ मा ६ हजार २१ पुरुष, ६ हजार २०२ महिला र एक अन्य लिंगी गरी कुल १२ हजार २२४ जनाले नागरिकता बनाए। जसमध्ये १२ हजार ३६ जनाले वंशजको आधारमा, एकजनाले अंगीकृत, १७५ जनाले वैवाहिक अंगीकृत र १२ जनाले गैरआवासीय नागरिकता पाएका थिए।