कीर्तिपुरमा कारभित्र जलेका व्यक्ति औषधि व्यवसायी

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्ति ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ भएको खुलेको छ । उनी घटनास्थलबाट करिब आधा किलोमिटरको दूरीमा रहेको ग्रिनवर्ड भिल्लामा बस्दै आएका थिए। उनको स्थायी ठेगाना भने काठमाडौंको नरदेवी हो। 

बा.५च ३०३८ नम्बरको सेतो कारमा जलेर उनको मृत्यु भएको हो। कार उनको आफ्नै हो। कीर्तिपुरको चाँदनीचोकस्थित खाली जग्गामा पार्किङ गरिएको कारमा आगो लागेको थियो। 

प्रहरी स्रोतका अनुसार मृतक श्रेष्ठ औषधि व्यवसायी हुन्। कोभिडको समयमा व्यवसाय प्रभावित भएयता उनी तनावमा थिए। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले मृतकको सनाखत भएको र घटनाको विस्तृत अनुसन्धान थालिएको बताए। 
 

सुझावित समाचार