नुवाकोटमा रोपाइँ गरिरहेका वेला पहिरोले खेत बगाएपछि आधा दर्जन किसान घाइते

एकको अवस्था गम्भीर

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

 नुवाकोटको विदुर नगरपालिका– १२, भट्टगाउँमा रोपाइँ गरिरहेका वेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन् । 

स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाइँ गरिरहेका वेला सोमबार एक्कासि ठुलो पहिरो गएको हो । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छ । उनलाई करिब सात–आठ सय मिटर तल जंगलमा पहिरोको बिचबाट उद्धार गरिएको थियो ।

भट्टको काठमाडाैंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइतेको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ । माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रहरीले जनाएको छ । 

पहिरोले करिब सात  रोपनी खेत पूरै बगाएको नोमराजका छोरा रामशरणले बताए । ‘करिब सात रोपनी खेत बगायो, खेत पूरै िरजस्तो भएको छ’, उनले भने ।
 

सुझावित समाचार