होन्डाको निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

होन्डाले नि:शुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन गर्ने भएको छ । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न नि:शुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरेको हो ।

अभियानबाट सन् २००१ देखि २०१४ सम्म बनेका होन्डा कारका विभिन्न मोडेल प्रभावित भएको कम्पनीको भनाइ छ । जसमा सिटी, सिभिक, सिआरभी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड कार पर्ने बताइएको छ ।

ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैँ पनि जाँच गर्न सक्ने कम्पनीले जनाएको छ । अभियानअन्तर्गत प्रभावित गाडीको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा नि:शुल्क गरिनेछ ।

सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्न ग्राहकलाई आफ्नो नजिकको होन्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ ।

See More On

सुझावित समाचार