भिपी अग्रवाल फाउन्डेसनद्वारा पाँच शिक्षक पुरस्कृत

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

भिपी अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने उत्कृष्ट पाँच शिक्षकलाई जनही दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

शिक्षासेवी, अध्येता, समाजसेवी तथा संविधानसभा सदस्य स्व. प्राडा भिपी अग्रवालको नाममा स्थापित फाउन्डेसनले शिक्षकलाई सम्मान गरेको हो । फाउन्डेसनले नेपाली, अंग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान विषयमा अध्यापन गराउने सामुदायिक विद्यालयका शिक्षकमध्येबाट छनोट गरी उत्कृष्ट पाँचजनालाई पुस्कृत गरेको जनाएको छ ।

पुरस्कृत हुने शिक्षकमा कीर्तिपुरस्थित मंगल माविकी नेपाली शिक्षिका अन्जना महर्जन, सोही विद्यालयकी अंग्रेजी शिक्षिका शर्मिला प्रधान, चितवनस्थित नारायणी नमुना माविका गणित शिक्षक राजकुमार कँडेल छन् । त्यसैगरी, काठमाडौंको टुसालस्थित श्रम राष्ट्रिय माविका सामाजिक अध्ययन शिक्षक प्रकाश आचार्य र सोही माविका विज्ञान शिक्षक मुकुन्दप्रसाद काफ्ले छन् ।

पुरस्कृत शिक्षकलाई फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवाल तथा उपाध्यक्षसमेत रहेकी प्राडा अग्रवालकी ललिता अग्रवाललगायत पुरस्कार र सम्मान प्रदान गरेका थिए । अध्यक्ष अग्रवालले भिपीले शिक्षामा सुधार नभई देशको विकास र व्यक्तिको जीवनस्तर सहज नहुने बताउने गरेकाले उनको सम्झनामा फाउन्डेसन स्थापना गरी शिक्षाको ज्योति छर्न अहोरात्र खटिने उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको बताए ।

सुझावित समाचार