नेदरल्यान्ड्सको भूमिमा नेपालको परीक्षा

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण
  • घरेलु भूमिमा ८ मध्ये ६ खेल जितेको नेपालले मंगलबारबाट घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग आइसिसी विश्वकप लिग २ को सिरिज खेल्दै

घरेलु भूमिमा लगातार दुई शृंखलामा उत्कृष्ट प्रदर्शन गरी ८ मध्ये ६ खेल जितेको नेपाल आइसिसी विश्वकप लिग २ खेल्न नेदरल्यान्ड्समा छ । नेपालले मंगलबारदेखि सुरु हुने सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध खेल्नेछ । त्यसपछि नेपालले घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पछिल्लो दुई खेलमा नेपालले नामिबियालाई नतिजा सुम्पिएको थियो । समग्र एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले नामिबियाविरुद्ध आठ भेटमा पाँचमा हार र दुईमा जित निकालेको छ ।

नेपालले नेदरल्यान्ड्समा सिरिज खेल्नुअघि जर्सीसँग दुई अभ्यास खेल खेलेको थियो । नेपालले दुईवटै अभ्यास खेलमा जित निकालेको थियो । अभ्यास खेलमा ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेलेका थिए । उनले पछिल्लो तीन महिनामा चार शतक बनाएका छन् । नेपालले ओपनिङमा कुशलबाट नेदरल्यान्ड्स यात्रामा धेरै आशा गरेको छ ।

विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन नेपालले बाँकी ८ खेल जित्नैपर्ने दबाब छ । नेपालले आफ्नो सबै खेल जितेर मात्र पुग्दैन । स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानको नतिजाअनुसार नेपालको ग्लोबल छनोटको स्थान छिनोफानो हुनेछ । नेपालका कप्तान रोहितकुमार पौडेलले लय कायम राख्दै नेदरल्यान्ड्समा पनि जित निकाल्ने बताएका छन् । ‘हामीले घरेलु भूमिमा लगातार राम्रो प्रदर्शन गरेका छौंँ । स्कटल्यान्डमा पनि राम्रो भएको थियो,’ पौडेलले भने, ‘हामी यस लयलाई निरन्तरता दिन्छौँ ।’ 

चारमध्ये तीन टोली छनोट हुने
चारमध्ये तीन टोली ग्लोबल छनोटमा स्थान बनाउन अब, पाउँछन् । नेपालसँगै क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान यस स्थान बनाउन प्रतिस्पर्धा छन् । अमेरिका चार खेल खेल्न बाँकी रहँदै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ ।

स्कटल्यान्ड ३२ खेलमा ३८ अंकका साथ छनोटनजिक छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अंकका साथ तेस्रो स्थानमा छ । ओमान २८ खेलमा ३१ अंकका साथ चौथो र समान २४ अंकको नेपाल पाचौं तथा क्यानडा छैटौं स्थानमा छन् । नामिबिया २८ खेलमा २२ अंकका साथ सातौँ स्थानमा छ । युएई भने १४ अंकसहित ग्लोबल छनोटमा स्थान बनाउन असफल भइसक्यो । नेपालले गत दुई सिरिजबाहेक घरेलु भूमिमा गतिलो प्रदर्शन गर्न सकेन । विदेशी भूमिमा नेपालको प्रदर्शन सन्तोषजनक थिएन । खेल तालिका अनुसार नेपालले घरेलु मैदानमा १२ मध्ये ७ खेलमा जित निकालेको थियो । नेपालले विपक्षी टोलीलाई पाँच नतिजा सुम्पिएको थियो । नेपालले घरेलुमा १४ र विदेशी भूमिमा १० अंक बटुलेको थियो । 

नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ सेख, ईशान पाण्डे, आरिफ सेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, विनोद भण्डारी । रिजर्भ खेलाडी ः सन्दीप जोरा, साहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री ।

See More On

सुझावित समाचार