गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा बाबुछोरा घाइते, मृगको मृत्यु

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

गुडिरहेको स्कुटरसँग मृग ठोक्किँदा रामेछापको मन्थली नगरपालिका– १, मच्छेडाँडीमा स्कुटरमा सवार दुईजना घाइते भएका छन् भने मृग घटनास्थलमै मरेको छ।

सोमबार बिहान मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटरमा जंगलबाट निस्किएका मृग अकस्मात् ठोक्किएको हो। सो दुर्घटनामा मोटरसाइकलचालक रामेछाप– ८, सल्लेका २८ वर्षीय सञ्जीव तामाङ र उनका छोरा १० वर्षीय जेसिस तामाङ घाइते भएका छन्।  

घटनापछि चालकले प्रहरीमा खबर गरेपछि तत्कालै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरी मन्थली अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ।

घाइतेमध्ये चालकको अवस्था सामान्य भए पनि उनका छोरा जेसिसको पेट र टाउकोमा चोट लागेका कारण थप उपचारका लागि काठमाडाैं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए। अहिले प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी राखेको जनाएको छ।

सुझावित समाचार