फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ मा १९ करोड सात लाख रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा अघिल्लो आवको तुलनामा ७३.६४ प्रतिशतले बढी हो ।
अघिल्लो आवमा संस्थाले १० करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यसैगरी, असार मसान्तसम्म संस्थाको कुल वितरणयोग्य नाफा १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
जुन अघिल्लो वर्ष नौ करोडभन्दा बढी थियो । समीक्षा अवधिमा खुद ब्याज ७.४७ प्रतिशतले बढेर २२ करोड ७४ लाख पुगेको छ भने सञ्चालन नाफा २७ करोड २७ लाख पुगेको बताइएको छ । अघिल्लो आवमा संस्थाको सञ्चालन नाफा १५ करोड ७६ लाख थियो ।