दाङमा लागुऔषध कारोबारीको समूह खोज्दै प्रहरी : ४८ ग्राम बढी ब्राउनसुगरसहित दुई पक्राउ

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला दाङमा लागुऔषधविरुद्धको विशेष अपरेसन ‘ह्वाइट वेब’ सञ्चालन गरी ४८ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।

प्रहरीले दिएको जानकारी अनुसार दाङमा लामो समयदेखि ब्राउन सुगरको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा बा १७ च १४२२ नम्बरको निजी कारलाई खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको हो।

जसमा संलग्न रहेको आरोपमा लमही नगरपालिका- ५ निवासी ३७ वर्षीय सुदन पुलामी र लमही- ३ निवासी २६ वर्षीय निश्चल केसीलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

लागुऔषधको जालो तोड्न लुम्बिनी प्रदेश प्रहरीले यो अभियान चलाएको छ।

सुझावित समाचार