इतिहासमा आज

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

सन् १८४८ : अमेरिकामा पहिलोपटक महिला अधिकार विषयमा सम्मेलन आयोजना भयो । न्युयोर्क राज्यको सेनेका फल्समा सम्पन्न सम्मेलन एलिजावेथ केडी स्टेन्टन र लुक्रेटिया मोटको संयोजकत्वमा भएको थियो ।

सन् १८७० : फ्रान्सले फ्रान्को–प्रुसिया युद्ध सुरु गर्यो ।

सन् १९०३ : विश्वको सबैभन्दा प्रतिष्ठित साइकल दौड प्रतियोगिता ‘टुर डी फ्रान्स’को पहिलो संस्करण आयोजना ।

सन् १९१२ : एरिजोना राज्यस्थित नभाजो काउन्टीस्थित होलब्रुकको आकाशमा झन्डै १९० केजी तौलको उल्कापिण्ड विस्फोट हुँदा झन्डै १६ हजार टुक्रा सहरमा खसेका थिए ।

सन् १९४० : दोस्रो विश्वयुद्धका क्रममा बेलायतमाथि भारी बमबारी गर्दै जर्मनीले आत्मसमर्पणको आदेश दियो । तर, त्यसलाई बेलायतले अस्वीकार गर्यो । 

सन् १९४१ : चर्चित कार्टुन–चरित्र ‘टम’ र ‘जेरी’ पहिलोपटक सोही नाममा ‘द मिडनाइट स्न्याक’ नामक कार्टुनमा देखिए । तिनलाई विलियम हन्न र जोसेफ बारबेराले सिर्जना गरेका हुन् ।

सन् १९४४ : सिकागोमा सुरु भएको डेमोक्रेटिक पार्टी सम्मेलनले राष्ट्रपति फ्य्रांकलिन डी रुजबेल्टलाई पार्टी उम्मेदवार चुन्यो, रुजबेल्टको चौथो कार्यकालका लागि उम्मेदवारी थियो ।

सन् १९४७ : बर्माका प्रधानमन्त्री आङ सान (आङ सान सुकीका पिता) र उनको क्याबिनेटका ६ सदस्य तथा थप दुई सदस्य अर्धसैनिकबाट मारिए ।

सन् २०१७ : अमेरिकी सिनेटर तथा पूर्वरिपब्लिकन पार्टी उम्मेदवार जोन म्याकेनलाई ब्रेन क्यान्सर लागेको पत्ता लाग्यो । सोही रोगका कारण उनको एक वर्षभित्रै मृत्यु भयो ।

सन् २०१८ : इथियोपिया र इरिट्रियाबिच २० वर्षपछि पहिलोपटक विमान सेवा सुचारु भयो ।

सन् २०२१ : पेरुमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ट्रेड युनियन नेता पेड्रो क्यास्टिलो विजयी घोषित भए ।

सुझावित समाचार