निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन-काठमाडौं सडकमा सवारी आवागमन बन्द

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

निरन्तरको वर्षासँगै पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन-काठमाडौं सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ।

धादिङलगायत छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको र अझै वर्षा बढ्ने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै सम्भावित पहिरो, सडक अवरोध तथा अन्य विपद्का जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातिको समयमा सवारी सञ्चालन गर्दा यात्रु र सवारीसाधनको सुरक्षामा गम्भीर जोखिम हुन सक्ने भएकाले सावधानीस्वरूप आवागमन रोकिएको उल्लेख गरिएको छ।

सुझावित समाचार