नवलपुरको कावासोती–१६ डन्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा सघन उपचार सेवा (आइसियू) औपचारिक रूपमा सञ्चालनमा आएको छ। नवनिर्मित १० शय्याको आइसियू कक्षको औपचारिक उद्घाटन गरी सुरुवात गरिएको अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले बताए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यका अनुसार अस्पतालमा १० शय्याको आइसियू सञ्चालनमा ल्याइएको छ। त्यसैगरी, अस्पतालले शल्यक्रिया कक्ष, शल्यक्रियापछि बिरामीलाई विशेष निगरानीमा राख्ने पोस्ट अपरेटिभ केयर युनिट, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) विशेष नवजात शिशु स्याहार कक्ष (एसएनसियू) समेत सञ्चालनमा ल्याएको छ।