रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई ५० लाख आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत किओचलाई उक्त सहयोग गरिएको जनाएको छ ।
सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहोनीले संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई एक कार्यक्रमबिच हस्तान्तरण गरे ।
बालबालिकाको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय, सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित किओचको आधुनिक बहुविशेषज्ञ बाल अस्पताल निर्माण हुँदै छ । अस्पतालले बालहृदयरोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवालाई प्राथमिकतामा राखेको छ ।