सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १०, बुलबुलेस्थित ‘भिजिट कर्णाली दोहोरी साँझ’बाहिर सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एकजना घाइते भएका छन्।
घाइते हुनेमा वीरेन्द्रनगर नगरपालिका– ४, कालागाउँनिवासी ३३ वर्षीय जीवनकुमार शाही रहेका छन्। उनको कर्णाली प्रदेश अस्पताल, कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरेन्द्रनगर– ९ निवासी १९ वर्षीय रोशन शाही, पञ्चपुरी नगरपालिका– ८ निवासी १८ वर्षीय भरत बोगटी तथा एक १६ वर्षीय किशोरलाई एक थान खुकुरीसहित पक्राउ गरेको छ।
घटनामा संलग्न अर्का एक प्रतिवादी भने फरार रहेका छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।