कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारणलाइन आयोजनाका लागि जग्गा अधिग्रहण गरिँदै

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारणलाइन आयोजनाका लागि जग्गा अधिग्रहण गर्न लागेको छ। कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारणलाइनअन्तर्गत सुर्खेत–दैलेख १३२ केभी प्रसारणलाइन खण्डको सुर्खेत जिल्ला वीरेन्द्रनगर– १३ जर्बुटामा जग्गा अधिग्रहण गर्न लागेको हो । 

१३२ केभी प्रसारणलाइनका टावर निर्माण गर्नका लागि वीरेन्द्रनगर– १३ का ११ जना जग्गाधनीको जग्गाहरू अधिग्रहण गरिने भएको छ । 

जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम स्थायी रूपले प्राप्त गर्नुपर्ने भएकाले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजनाको निमित्त सम्बन्धित सबैको जानकारी गराएको छ । 

सूचना प्रकाशित गरिएको मितिले बाटो म्यादबाहेक १५ दिनभित्र सरोकारवाला व्यक्तिले उक्त जग्गामा घर टहरा भए सोसमेतको मुआब्जा दाबी गर्न आ–आफ्नो हकदैया वा भोग चलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन नेपाल विद्युत् प्राधिकरण, कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारणलाइन आयोजना कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा दिन सक्नेछ्न् ।

सुझावित समाचार