एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
विशेष अदालतकी प्रवक्ता पार्वती हितानका अनुसार पौडेलविरुद्ध २० करोड ९० लाख बिगो कायम गरिएको छ। उनको एभरेस्ट बैंकमा रहेको ६ लाख ३४ हजार पनि जफतको माग भएको छ। यसमा १० वटा कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ।
बिचौलिया दीपक भट्टसँग मिलेर नीतिगत भ्रष्टाचार गरी सम्पत्ति शुद्धीकरण गरेको कसुर उनीमाथि छ।

