बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा आज सुन तोलामा चार सय रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य भने तोलामा ९० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज एक तोला छापावाल सुनको मोल दुई लाख ८५ हजार दुई सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो एक तोला सुन दुई लाख ८४ हजार आठ सय र चाँदी चार हजार ४१५ मा खरिद–बिक्री भएको थियो ।