मकवानपुरको मनहरी गाउँपालिका– ८, सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गखण्डबाट १०९.०९६ किलोग्राम गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको जिपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाइछिपाई राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा गाँजा फेला परेको हो।
पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका– ७, किरानचोकनिवासी ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ रहेका छन्। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।