मोरङ कञ्चनबारीमा कजारियाको नयाँ सोरुम

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार विस्तार गरेको छ । कम्पनीले अन्नपूर्ण बाथवेयर एन्ड मार्बल्ससँगको सहकार्यमा मोरङको कञ्चनबारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । उक्त सोरुमले मोरङ र आसपासका क्षेत्रका स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स प्रत्यक्ष रूपमा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

सोरुमको औपचारिक कजारियाका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाललगायतले गरेका हुन् । आकर्षक र ग्राहकमैत्री ढाँचामा सजाइएको यस सोरुमले खरिदकर्तालाई उत्कृष्ट र नयाँ सपिङको अनुभव गराउने दाबी गरिएको छ । सोरुममा आउने ग्राहकले विभिन्न प्रिमियम टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङलाई प्रत्यक्ष हेरेर, महसुस गर्दै आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उत्कृष्ट डिजाइन सहजै रोज्न सक्नेछन् ।

‘अन्नपूर्ण बाथवेयर एन्ड मार्बल्ससँगको यो साझेदारी मोरङ र यसआसपासका क्षेत्रहरूमा अन्तर्राष्ट्रियस्तरका उत्पादन पुर्याउने हाम्रो निरन्तर प्रयासको महत्वपूर्ण कदम हो,’ कम्पनीले भनेको छ, ‘सोरुममार्फत ग्राहकले आफ्नो परिकल्पनाअनुरूपको सुन्दर र बलियो संरचना निर्माणका लागि उत्कृष्ट र आधुनिक टायल्स सहजै प्राप्त गर्न सक्नुहुनेछ ।’ 

नयाँ सोरुम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ । कञ्चनबारी, मोरङ तथा यसआसपासका सम्पूर्ण बासिन्दालाई सोरुममा आमन्त्रण गर्दै नयाँ र अत्याधुनिक कलेक्सन अवलोकन गर्न अनुरोध गरिएको छ । 

See More On

सुझावित समाचार