केबिएनआर इस्वा पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
यी दुईबिच सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र केबिएनआरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले एक अर्ब १९ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरका एक करोड १९ लाख कित्ता सेयर निष्कासनको तयारी गरेको छ । ज्योति विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ ।
यो कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति तथा सेयर रजिस्ट्रारको सेवा प्रदान गर्दै आइरहेको छ ।