मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न पाँच निर्णय सार्वजनिक भएको छ। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले निर्णयबारे जानकारी दिएका हुन्।
यस्तो छ सार्वजनिक पाँच निर्णय :
१. बिउबिजन (पहिलो संशोधन) नियमावली २०८३ स्वीकृत गर्ने,
२. सशस्त्र प्रहरी बल नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने,
३. अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने,
४. नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष श्री महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धक र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने,
५. अनुचित मिटरब्याज लेनदेन सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने ।