सुनको मूल्य १ हजार २०० रुपैयाँले घट्यो

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले सस्तिएर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुझावित समाचार