प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठ नियुक्त भएका छन् । गत २४ असारको मंन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका उनले सोमबार सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाबाट नियुक्तिपत्र लिएका हुन् ।

श्रेष्ठले सोमबार नै शपथ लिई काउन्सिलको कार्यालयमा पद बहाली गरेका छन् । माइसंसारडटकमका संस्थापक श्रेष्ठ दुई दशकभन्दा लामो समयदेखि पत्रकारिकतामा संलग्न छन् । सरकारले खुला प्रतिस्पर्धाबाट काउन्सिलमा अध्यक्ष नियुक्त गरेको हो । 

सुझावित समाचार