कोशी आमसञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल, रजिस्ट्रारमा भट्टराई

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

कोशी प्रदेश आमसञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिस्ट्रारमा लीलाराज भट्टराईलाई नियुक्त भएका छन्। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानको अध्यक्षमा विराटनगरका दाहाल र रजिस्ट्रारमा सुनसरीका भट्टराईलाई नियुक्त गरेको हो।

प्रतिष्ठानको सञ्चालक समितिका सदस्यहरूमा ध्रुव ढकाल, रमेशचन्द्र अधिकारी, अर्जुन राजवंशी, रेणु पराजुली, विष्णु पोखरेल, शान्ति दाहाल र माला पालुङ्वा नियुक्त भएका छन्।

कोशी प्रदेश सरकारले आमसञ्चार क्षेत्रको संस्थागत विकास, प्रेस स्वतन्त्रताको प्रवर्द्धन, पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धि तथा सञ्चारमाध्यमको सुदृढीकरणका लागि प्रदेश सभाबाट कानुन निर्माण गरेर प्रदेश आमसञ्चार प्रतिष्ठान गठन गरेको हो।
 

सुझावित समाचार