नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणको बहस भोलिलाई ‘हेर्दाहेर्दै’मा

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय सुनाउन आज भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा रहेको छ। गत २३ असारमा जिल्ला अदालत, काठमाडौंले यससम्बन्धी चारै मुद्दामा ठहरको फैसला गरेको थियो।

३१ जना प्रतिवादी रहेको यो मुद्दामा १६ जना दोषी ठहर छन् भने सातजनाले सफाइ पाएका छन्। आठजना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासमा परेको मुद्दा ‘हेर्दाहेर्दै’मा रहेपछि सजाय निर्धारणका लागि भोलि मंगलबार पुनः सुनुवाइ हुने भएको छ।

सुझावित समाचार