२०औँ वार्षिकोत्सवमा सिटी एक्सप्रेसको रक्तदान कार्यक्रम

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

सिटी एक्सप्रेस मनी ट्रान्सफर असार २७ गते २०औँ वर्षमा प्रवेश गरेको छ। २०औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

‘रक्तदान जीवनदान–हामी सबैको योगदान’ भन्ने मूल नाराका साथ सिटी एक्सप्रेसले कमलादीस्थित मुख्य कार्यालयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो।

वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीरूलाई पुरस्कृत पनि गरेको थियो। उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति थियो।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा नियमित गरेको छ। साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।

सुझावित समाचार