ब्राजिलपछि भारतमा मिडिया फुटबल क्रिएटर्स धेरै

फिफा विश्वकप नखेले पनि सोसस मिडियामा भारतीय फुटबल समर्थकले नयाँ कीर्तिमान बनाए

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गरेको फिफा विश्वकप २०२६ अन्तिमतर्फ छ । अब चार खेल मात्रै बाँकी रहँदा विश्वभर प्रतियोगिताको माहोल तातिएको छ । यसपटक विश्वकप ४८ देशले खेले । तर, विश्वकप नखेले पनि धेरै जनसंख्या भएका भारत र बंगलादेशमा विश्वकपको क्रेज धेरै देखिन्छ । 

विश्वकप चलिरहँदा सोसल मिडियामा सबैभन्दा धेरै मिडिया क्रिएटर्स पनि भारतमै देखिएका छन् । विश्वकप नखेले पनि सोसस मिडियामा भारतीय फुटबल समर्थकले नयाँ कीर्तिमान बनाएका छन् । क्रिएटर इन्टेलिजेन्स प्लाटफर्मको रिपोर्टअनुसार फिफा विश्वकपको इन्स्टाग्राम काउन्टमा सबैभन्दा धेरै ब्राजिलपछि भारतको फलोअर्स रहेको छ ।

रिपोर्टका अनुसार पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी कप्तान लियोनल मेसी नै भारतमा धेरै चर्चित छन् । उनीहरूलाई नै दिएर भारतीय डिजिटल बजार विभिन्न इभेन्ट बनाइरहेका छन् । भारतमा मेसी र रोनाल्डोको १३ करोडभन्दा धेरै फलोअर्स रहेका छन् । फिफा विश्वकपको इन्स्टाग्राम अकाउन्टमा ६५ मिलियन फलोअर्स छन् । जसमा १०.२१ प्रतिशत भारतीय समर्थक छन् । यसमा भारत ब्राजिलभन्दा पछि छ । भारतले फुटबलमा धेरै समर्थक भएका अमेरिका, अर्जेन्टिना, इटाली र इन्डोनेसियाजस्ता देशलाई पनि पछि पारेको छ । यता, भारतमा रोनाल्डोका समर्थक धेरै छन् । भारतमा ८.१३ करोड रोनाल्डोका समर्थक छन् । 

भारतमा पोर्चुगलको समर्थन गर्नेभन्दा पनि रोनाल्डोको समर्थक धेरै छन् । यता, अर्जेन्टिनालाई चौथोपटक उपाधि जिताउन तयार भएका मेसीको फलोअर्स भारतमा ५.६६ करोड छन् । यता, तीन देशले पहिलोपटक विश्वकप आयोजना गरिरहँदा भारतमा ३५ हजारभन्दा बढी कन्टेन्ट क्रिएटर रहेको पाइएको छ । 

उनीहरूले लगातार इन्स्टाग्राममा फुटबलसँग सम्बन्धित पोस्टहरू गर्दै आएका छन् र माहोल तताइरहेका छन् । यही विश्वकपका कारण भारतीय बजारमा फुटबलसँग सम्बन्धित सामानहरूको बिक्री बढिरहेको छ । यो विश्वकपमा सबैभन्दा धेरै जर्सी पोर्चुगलको बिक्री भएको बताइन्छ । त्यसपछि मात्रै अर्जेन्टिना, ब्राजिल, फ्रान्स, इंग्ल्यान्ड, स्पेन, जर्मनीकोे जर्सीहरू बिक्री भएका छन् । २३औँ फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । अब, फाइनल प्रवेशका लागि स्पेन र फ्रान्स तथा इंग्ल्यान्ड र अर्जेन्टिनाबिच प्रतिस्पर्धा हुनेछ ।

सुझावित समाचार