संखुवासभामा दुई किलाे गाँजासहित एकजना पक्राउ परेका छन्।
जिल्लाकाे खाँदबारी नगरपालिका-८, अर्चलेका स्थानीय ७० वर्षीय रत्नबहादुर मगर २ किलाे ९२८ ग्राम गाँजासहित पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए। उनका अनुसार गत शुक्रबार साढे ९ बजेतिर मगरले निजको घरमा लागुऔषध गाँजा लुकाइछिपाइ बिक्री-वितरण गर्ने गरेकाे सूचनाका आधारमा पक्राउ गरी आज आइतबार सार्वजनिक गरिएकाे प्रहरी निरीक्षक राजवंशीले जनाएकाे छ।
निज मगरलाई संखुवासभा जिल्ला अदालतमा उपस्थित गराई निजउपर म्याद थप भई कसुर सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ।