मेडिकल व्यवसायी दुर्गा प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलपरिसरमै सार्वजनिक कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए। निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले आवश्यक सोधपुछपछि प्रसाईंलाई भक्तपुरस्थित उनको निवासमा सुरक्षित रूपमा पुर्याएको जनाएको छ। प्रसाईंले गणेश नेपालीको न्यायको माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए।