मेटलाइफ लगातार दोस्रोपटक काम गर्न उत्कृष्ट कार्यस्थल (ग्रेट प्लेस टु वर्क)बाट सम्मानित भएको छ । मेट लाइफ नेपाल अब आधिकारिक रूपमा विश्वभरका ३४ वटा मेटलाइफ कार्यालयसँगै लगातार दोस्रोपटक यो मान्यता प्राप्त गर्न सफल भएको हो ।
‘हाम्रा कर्मचारीले आफ्नो अनुभव सँगालेर मेटलाइफ उत्कृष्ट कार्यस्थल हो,’ कम्पनीले भनेको छ, ‘यो उपलब्धि हाम्रो संयुक्त विश्वास, उद्देश्य र समावेशी कार्यसंस्कृतिको प्रमाण हो । यो सफलताका लागि हामी सबै कर्मचारीप्रति आभारी छौँ ।’