कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरबाट पक्राउ परेका नेकपाका नेता तथा जेन-जी प्रतिनिधिहरू छुटेका छन्। नेकपाका केन्द्रीय सदस्य तथा भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्का तथा जेन-जी प्रतिनिधिहरू माजिद अन्सारी, सरिष्मा थापालगायतलाई प्रहरीले आफन्तको जिम्मा लगाएर छाडेको हो।
प्रहरीको काममा अवरोध गरेको भन्दै कीर्तिपुरबाट उनीहरू पक्राउ परेका थिए। होल्डिङ सेन्टरमा बाढी पसेपछि उनीहरू बुझ्न गएका थिए। त्यहाँ राखिएका सुकुमवासीलाई भक्तपुरमा स्थानान्तरण गर्ने काममा अवरोध गरेको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरू सबै रिहा भइसकेको काठमाडौं परिसरका एसपी पवन भट्टराईले बताए। नियन्त्रणमा लिने क्रममा अपशब्द प्रयोग गरेको आरोप लागेको छ।