मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

बर्दियामा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। राजापुर नगरपालिका- ५ पहाडीपुरमा भएको सडक दुर्घटना परी राजापुर नगरपालिका- ८ कोहलीका २५ वर्षीय अजय थारूको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि बसेका २० वर्षीय सलिसन चौधरी घाइते भएका थिए। बालाबजारबाट राजापुर जाँदै गरेको भे १ प ९३४३ नम्बरको  मोटरसाइकल बिहीबार राति करिब साढे १० बजे  सडककिनारमा रहेको बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको थियो।

दुर्घटना भएलगत्तै घाइते दुवैजनालाई उपचारका लागि बाँकेको रहेको सञ्जीवीनी अस्पताल लगिएको थियो। 
उपचारको क्रममा अरुणको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए। मोटरसाइकलमा बसेका सलिसन थारूको उपचार भइरहेको  प्रहरीले जनाएको छ।

सुझावित समाचार