प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्चमा कांग्रेस

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले प्रतिनिधिसभाको नयाँ नियमावलीका केही व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कांग्रेसले शुक्रबार दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न सर्वोच्चले असार ३१ गतेका लागि पेसी तोकेको छ।

संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम १४० (११), नियम २५९ संविधानको धारा २७४ (८)सँग बाझिएको दाबी गर्दै कांग्रेसले ती व्यवस्था खारेज गर्न माग गरेको छ।

जेठ १७ गते पारित प्रतिनिधिसभा नियमावली– २०८३ मा कांग्रेसले त्यतिवेला नै आपत्ति जनाउँदै थप छलफलका लागि समितिमा पठाउन माग गरेको थियो। तर, सभामुख डोलप्रसाद अर्यालले मस्यौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि बढाएका थिए।

सुझावित समाचार